बार्सिलोनालाई दुरी घटाउने अवसर

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले आज (बुधबार) स्पानियोलसँग खेल्दैछ ।
साविक विजेता समेत रहेको बार्सिलोनाले घरेलु मैदानमा स्पानियोलसँग खेल्न लागेको हो । दुई टिमबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
क्याम्प नाउँमा बार्सिलोना कमजोर टिमविरुद्ध सहज जितको खोजीमा हुनेछ । यस्तै बार्सिलोना स्पानियोललाई हराएर शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।
लिगको पुछारमा रहेको स्पानियोललाई हराउँन बार्सिलोनालाई कठिन भने हुने छैन । किनकी स्पानियोलले यस सिजन खराब प्रदर्शन गरिरहेको छ ।
पछिल्लो साता क्लबको अन्तरिक कलहमा फसेको बार्सिलोना रियल भन्दा ४ अंकले पछि रहेको छ । स्पानियोललाई हराएमा बार्सिलोनाले रियलसँगको दुरी १ अंकमा झार्ने छ ।
बार्सिलोनाले ३४ खेलमा ७३ अंक जोडेको छ । रियलको ७७ अंक रहेको छ ।
पुछारको स्पानियोलले २४ अंक जोडेको छ ।
ला लिगा अन्तर्गत नै बुधबार राति गेटाफेले भिया रियलसँग खेल्नेछ । त्यस्तै रियल बेटिसले ओसासुनासँग खेल्नेछ ।













