अग्रता जोगाउन एट्लेटिको असफल
बुधबार, असार २४, २०७७खेलपाटी संवाददाता

एजेन्सी । अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा बराबरी खेलेको छ ।
मंगलबार राति एट्लेटिकोले घरेलु टोली सेल्टा भिगोसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
अल्भारो मोरोटाले पहिलो मिनेटमै पाहुना टोली एट्लेटिकोलाई अग्रता दिलाएका थिए । घरेलु टोलीका फ्रेन्क बेल्ट्राले ४९ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

च्याम्पियन्स लिग छनोटको दौडमा रहेको एट्लेटिकोलाई पछिल्लो नतिजाले कमजोर बनाएको छ । एट्लेटिकोले एक खेल कम खेलेको पाँचौ स्थानको भिया रियलसंग ९ अंकको अग्रता लिएको छ ।

कोरोनाले अबरुद्ध सिजन पुन सुरु भएपछि एट्लेटिकोले तेस्रो पटक बराबरी खेलेको हो । एट्लेटिको ६३ अंक सहित तेस्रो स्थानमा यथावत छ । सेल्टा ३६ अंक सहित तालिकाको १५ औं स्थानमा छ ।












