एजेन्सी । वेस्ट ईन्डिजका प्रशिक्षक फिल सिमन्सले पहिलो टेष्टमा दुई अलराउण्डर कप्तानबीचको भिडन्त हेर्न लायक हुने बताएका छन् ।
उनले वेस्ट ईन्डिजका कप्तान जसन होल्डर, ईङ्ल्याण्डका कप्तान वेन स्टोक्स भन्दा अब्बल हुने दाबी पेश गरे ।
होल्डर र स्टोक्स दुवै जना शीर्ष स्तरका अलराउण्डर हुन् । दुवै जनाले वेस्ट ईन्डिज र ईङ्ल्याण्ड टिमको नेतृत्व गर्दैछन् ।
सिमन्सले पहिलो टेष्टको पूर्व सन्ध्यामा पत्रकार सम्मेलनमा भने, ‘मेरो मान्यता छ, दुई अलराउण्डरका बीच भिडन्त हुन गईरहेको छ । आशा छ, पहिलो टेष्ट म्याचमा वेनमाथि हाबी हुन जसन आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्नेछन् ।’
‘वेन यस्ता खेलाडी हुन्, जो अघि बढेर नेतृत्व गर्छन् । क्रिकेटमा उनको प्रर्दशन यसको प्रमाण हो । त्यसैले यो सुनिश्चित गर्न आवश्यक छ कि हामी उनलाई चाँडैनै आउट गर्नेछौ ।’ उनले थपे ।
सिमन्सले भने, ‘तपाईको फाईदाको अवस्थालाई कुन तरिकाले उपयोग गर्नुहुन्छ, यसका लागि सतर्क हुन आवश्यक छ । रुट टिममा छैनन्, तर केही युवा खेलाडी यसको फाईदा उठाउन चाहन्छन् ।’
‘धेरै समय यस्ता खेलाडी समस्या बन्ने गरेका छन्, जसको बारेमा तपाई कम जानकारी राख्नुहुन्छ । त्यसैले यसको फाईदा उठाउन तपाई धेरै राम्रोसंग सतर्क हुन आवश्यक छ ।’ उनले भने ।
सिमन्सले ईङ्ल्याण्डका स्टोक्समा कप्तानको रुपमा कम अनुभव हुनुले कुनै फरक नपर्ने बताएका छन् ।
स्टोक्सलाई सल्लाह दिन जेम्स एन्डरसन र स्टुअर्ट ब्राड जस्ता खेलाडी रहेको भन्दै सिमन्सले घरेलु टोलीलाई यसले फाईदा पुग्ने धारणा राखे ।
‘वेनने यसअघि कप्तानी गरेका छैनन्, तर उनको टिम सफल छ । र यसबाट उनलाई सहयोग मिल्नेछ । जसमा जिमी र ब्राड जस्ता अनुभवी खेलाडीको सहयोग मिल्नेछ । यसलाई सहज रुपमा हेर्न मिल्दैन ।’ सिमन्सले भने ।