एजेन्सी । कोरोना भाईरसको महामारीको कारण लामो समय अन्तर्राष्ट्रिय क्रिकेट ठप्प रह्यो ।
तर, बुधबार (भोलि) बाट अन्तराष्ट्रिय क्रिकेट फर्कदैछ ।
घरेलु टिम इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको पहिलो टेष्टसँगै अन्तर्राष्ट्रिय क्रिकेट फर्कन लागेको हो ।
करिब ४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट फर्कन लागेको हो ।
इंग्ल्यान्ड र वेष्ट इन्डिजबीचको पहिलो टेष्ट बुधबार साउथह्याम्पटनमा सुरु हुँदैछ । जुन खेल कोरोनाको महामारीपछि भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट हो ।
तर, खेलाडीको सुरक्षा र कोरोनालाई मध्ये नजर गर्दै दुई टिमबीचको टेष्ट बन्द रंगशालामा हुनेछ ।
लामो समयपछि फर्कन लागेको क्रिकेटका लागि दुवै टोलि उत्साहित रहेका छन् । दुवै टोलि सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
इंग्ल्यान्ड पहिलो पटक बेन स्टोक्सको कप्तानीमा मैदान उत्रने छ । वेष्ट इन्डिजको कप्तानी जासन होल्डरले गर्ने छन् ।
दुई टिमबीच तीन खेलको टेष्ट सिरिज हुनेछ ।
अन्य दुई टेष्ट भने ओल्ड ट्राफोर्डमा हुनेछ । दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।