एजेन्सी । भारतका भेट्रान स्पिनर प्रविन ताम्बेले क्यारिबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
सीपीएलको ड्राफ्टबाट ४८ वर्षे ताम्बेलाई ट्रिङआबो नाइट राइडर्सले अनुबन्ध गरेको छ ।
सोमबार राति भएको भर्चुअल ड्राफ्टबाट उनलाई नाइट राइडर्सले अनुबन्ध गरेको हो ।
सीपीएलमा अनुबन्ध हुने उनी पहिलो भारतीय खेलाडी हुन् ।
सीपीएलमा छनोट भएपनि ताम्बेले प्रतियोगिता खेल्न पाउने सम्भावना कम रहेको छ ।
किनकि उनलाई प्रतियोगिता खेल्न भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को नो अब्जेक्सन लेटर आवश्यक हुन्छ ।
बीसीसीआईको नियम अनुसार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास नलिएका खेलाडीले अन्य विदेशी फ्रेन्चाइज लिग अनुमतिबिना खेल्न पाउँदैनन् ।
यस अघि ताम्बेलाई बीसीसीआईले आफ्नै लिग आईपीएल खेल्न प्रतिबन्ध लगाएको छ । ताम्बेले बोर्डको नियम उल्लंघन गरेको भन्दै उनलाई आईपीएलमा प्रतिबन्ध लगाईएको हो ।
गत संस्करणको टी-१० लिग ताम्बले बीसीसीआईको अनुमति बिना खेलेका थिए ।