एजेन्सी । क्रिकेट दक्षिण अफ्रिकाले आयोजना गर्ने फरक फर्म्याटको (थ्री टिम क्रिकेट) प्रतियोगिताको नयाँ मिति तय भएको छ ।
क्रिकेट दक्षिण अफ्रिकाले बुधबार सोलाडिरीटी कप नाम दिईएको प्रतियोगिताको नयाँ मिति घोषणा गरेको हो ।
तीन टोलीले प्रतिस्पर्धा गर्ने उक्त क्रिकेट प्रतियोगिता जुलाई १८ मा हुनेछ । नेल्सन मण्डेला दिवसको अवसर पारेर जुलाई १८ मा प्रतियोगिता हुने दक्षिण अफ्रिका क्रिकेटले जनाएको छ ।
यस अघि प्रतियोगिता जुन २७ मा गर्ने भनिएको थियो । तर, आयोजनाका लागि तयारी नपुगेको भन्दै दक्षिण अफ्रिका क्रिकेटले प्रतियोगिता स्थगित गरेको थियो ।
कोरोना भाईरसबाट प्रभावितलाई सहयोग गर्ने उदेश्यले क्रिकेट दक्षिण अफ्रिकाले तीन टिम सहभागी नयाँ फर्म्याटको क्रिकेट आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा एबी डी भिलियर्स, क्विनटन डी कक र कागिसो राबडाको कप्तानीमा रहने तीन टिमले एक खेल खेल्नेछ । यस खेलमा दक्षिण अफ्रिका शीर्ष २४ खेलाडीले खेल्ने छन् ।
प्रतियोगितामा हरेक टोलीमा ८ जना खेलाडी हुने छन् । खेल कुल ३६ ओभरको हुनेछ । प्रत्येक टोलीले १२ ओभर खेल्ने छन् । ६ ओभरको एक इनिङ हुनेछ ।
एउटा बलरले अधिक्तम ३ ओभर बलिङ गर्न पाउने छ । १८ ओभरमा ब्रेक टाइम हुने छ । ७ विकेट पतनपछि पनि अन्तिम ब्याट्सम्यानले खेल्न पाउने छ ।
उक्त ब्याट्सम्यानले २ रन वा बाउन्ड्री प्रहार गर्नु पर्ने हुन्छ । सिंगल रन जोड्न भने पाउने छैन । सर्वाधिक रन बनाउने टोलीले स्वर्ण, दोस्रो धेरै रन बनाउने टोलीले रजत र कास्य पदक प्राप्त गर्ने छन् ।
यस प्रतियोगिताबाट उठेको रकम कोरोना प्रभावितलाई सहयोग गरिने क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ ।