एजेन्सी । अष्ट्रेलिया क्रिकेट टिमका कप्तान आरोन फिन्चले एकदिवसीय क्रिकेटमा भारतका विराट कोहली सर्वोकृष्ट खेलाडी भएको बताएका छन् ।
एक अन्तर्वार्तामा फिन्चले कोहली जस्तोसुकै परिस्थतिमा समेत उत्कृष्ट खेल्न सक्ने क्षमताको कारण एकदिवसीयमा सर्वोकृष्ट भएको बताए ।
कोहलीको एकनासे र प्रभावशाली प्रदर्शनबाट समेत उनी यस समयको उत्कृष्ट भएको फिन्चको दाबी छ ।
'मलाई लाग्छ तीनै फर्म्याटमा प्रभावशाली र स्थिरता छ । मलाई लाग्छ एकदिवसीयमा उनी सर्वोकृष्ट खेलाडी हुन्,' फिन्चले भने ।
विश्व क्रिकेटले भारतका कप्तान कोहलीलाई उत्कृष्ट ब्याट्सम्यानको रुपमा हेर्ने गर्छ ।
एकदिवसीय क्रिकेटको ब्याटिङ वरियतामा कोहली शीर्ष स्थानमा रहेका छन् ।
एकदिवसीय क्रिकेटमा १२ हजार रन बनाईसकेका कोहलीले ४३ शतक बनाएका छन् । उनी सचिन तेन्दुलकरले बनाएको सर्वाधिक शतकको रेकर्ड भङ्ग गर्ने योजनामा छन् ।
यस्तै फिन्चले महेन्द्र सिंह धोनीको सहयोगले समेत विराटलाई धेरै मद्दत पुगेको बताए ।
'तपाई देख्न सक्नु हुन्छ । एमएस धोनी अझै फिल्डमा छन् । विराटलाई सहयोग गर्छन् । दुई जना साच्चै एक अर्कामा सहज महसुस गर्छन्,' फिन्चले थपे ।