एजेन्सी । वेस्ट इन्डिजविरुद्धको पहिलो टेष्ट क्रिकेटमा इंग्ल्यान्डको कप्तानी अलराउन्डर बेन स्टोक्सले गर्ने भएका छन् ।
नियमित कप्तान जोय रुट घरायसी कामको कारण अनुपस्थित हुने भएपछि पहिलो टेष्टमा स्टोक्सले इंग्ल्यान्डको कप्तानी गर्ने भएका हुन् ।
रुटको श्रीमतीले आगामी साता दोस्रो बच्चालाई जन्म दिने भएपछि उनले पहिलो टेष्ट गुमाउने भएका छन् ।
रुटले बुधबारबाट टिमको प्रशिक्षण छाड्ने छन् ।
विश्वकप हिरो स्टोक्सले पहिलो पटक इंग्ल्यान्डको कप्तानी गर्न लागेका हुन् ।
इंग्ल्यान्डले जुलाई दोस्रो साताबाट वेस्ट इन्डिजसँग घरेलु भूमिमा टेष्ट सिरिज खेल्दैछ ।
दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ ।
यस्तै ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।
इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिनेछ । सिरिज बन्द रंगशालामा हुनेछ ।
सिरिजका लागि वेस्ट इन्डिजका टिम इंग्ल्यान्ड आईपुगिसकेका छन् ।