भ्यालेन्सियाद्वारा मुख्य प्रशिक्षक बर्खास्त
मंगलबार, असार १६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब भ्यालेन्सियाले मुख्य प्रशिक्षक अल्बर्ट सेलाडेसलाई बर्खास्त गरेको छ ।
भ्यालेन्सियाले प्रशिक्षक अल्बर्टलाई ९ महिना नबित्दै बर्खास्त गरेको हो ।
क्लबले अल्बर्टलाई बर्खास्त गरेर भारो गोन्जालेजलाई सिजनको अन्त्यसम्मका लागि क्लब हेर्ने जिम्मेवारी दिएको छ ।
भ्यालेन्सियाले गत सेप्टेम्बरमा अल्बर्टलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
अल्सबर्न्ट २०१४ पछि भ्यालेन्सियाले बर्खास्त गरेको छैटौं प्रशिक्षक हुन् ।
क्लबको खराब प्रदर्शन जारी रहेपछि उनी बर्खास्तमा परेका हुन् ।
यस सिजन भ्यालेन्सिया ला लिगाको आठौं स्थानमा रहेको छ ।
यस्तै क्लबका स्पोर्टीङ डिरेक्टर सेजर सान्चेजले राजीनामा दिएका छन् ।












