मिलान आईपुगे हाकिमी

एजेन्सी । मोरक्कोका विंगर आच्रफ हाकिमीले इटालीको मिलान आईपुगेका छन् ।
इटालियन क्लब इन्टर मिलानसँग सम्झौता गर्न हाकिमी मंगलबार मिलान पुगेका हुन् ।
रियल मड्रिडका राइट ब्याक समेत रहेका हाकिमीले इन्टरसँग सम्झौता गर्ने बताईएको छ ।
इन्टरले हाकिमीसँग पाँच वर्षे सम्झौता गर्ने तयारी गरेको छ ।
सम्झौता अघि हाकिमीको मेडिकल हुने बताईएको छ ।
हाकिमीले यस सिजन जर्मन क्लब बोरुसिया डर्टमण्डबाट लोनमा खेलेका थिए ।
उनले यस सिजन प्रभावकारी प्रदर्शन गरेका थिए । तर, पनि रियलले उनलाई क्लब नफर्काइ इन्टरलाई बेच्ने निर्णय गरेको हो ।
हाकिमीले खेल्ने पोजिसनमा रियलमा डानी कार्भाजलले खेलिरेहेका छन् ।
रियलको एकेडेमीमा हुर्किएका हाकिमी सन् २०१८ मा लोनमा डर्टमण्ड गएका थिए ।
त्यसअघि सन् २०१७ मा रियलको सिनियर टिममा डेब्यु गरेका उनले ९ खेलमा २ गोल गरेका थिए ।
२१ वर्षे विंगरलाई अनुबन्ध गर्न जर्मनकै बायर्न म्युनिख, पेरिस सेन्ट जर्मेन, युभेन्ट्स र चेल्सी जस्ता ठुला क्लबले समेत चासो देखाएको थियो ।












