एजेन्सी । दक्षिण अफ्रिका क्रिकेट टिमका खेलाडीले कोरोना भाईरसको महामारीको कारण लामो समयबाट स्थगित टिमको प्रशिक्षण सुरु गरेका छन् ।
सरकारले प्रशिक्षणका लागि अनुमति दिएपछि सोमबारबाट दक्षिण अफ्रिकाका क्रिकेट टिमले प्रशिक्षण थालेका हुन् ।
दक्षिण अफ्रिका क्रिकेट बोर्डले हाई पर्फमेन्स ट्रेनिङ टिममा रहेका खेलाडीले प्रशिक्षण सुरु गरेको जनाएको छ ।
बोर्डको हाई पर्फमेन्स ट्रेनिङ टिममा ४४ जना खेलाडी रहेका छन् ।
हाई पर्फमेन्स ट्रेनिङ टिममा डेल स्टेन परेका छैनन् । उनी ढाडको चोटको कारण टिम बाहिर रहेका हुन् ।
तर, खेलाडीले ठुलो समूहमा ट्रेनिङ गर्न भने पाउने छैनन् । उनीहरुले आफ्नो नजिकको मैदानमा गएर सेल्फ प्रशिक्षण र सानो समूह बनाएर गर्नु पर्नेछ ।
कोरोनाको कारण गत मार्च १५ बाट दक्षिण अफ्रिकामा क्रिकेट गतिविधि बन्द गरिएको थियो ।