युनाइटेडलाई ब्राइटनको चुनौती

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (मंगलबार) एक खेल हुँदैछ ।
मंगलबार राति हुने एक खेलमा म्यानचेस्टर युनाइटेड र ब्राइटनबीच प्रतिस्पर्धा हुनेछ ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
ब्राइटनको मैदानमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।
यस खेल युनाइटेडका लागि निकै महत्वपूर्ण रहेको छ । लिगको शीर्ष पाँचमा उक्लन समेत युनाइटेडलाई ब्राइटनविरुद्धको खेल जित्नै पर्ने हुन्छ ।
लिगको छैटौं स्थानमा रहेको युनाइटेडले ३१ खेलमा ४९ अंक जोडेको छ । ब्राइटनलाई हराएमा युनाइटेड उल्भ्सलाई पछि पार्दै पाँचौं स्थानमा उक्लनेछ ।
एक खेल बढी खेलेको उल्भ्सको ५२ अंक रहेको छ । त्यसैले युनाइटेड घरेलु टोलीलाई हराउने योजनामा हुनेछ ।
ब्राइटन पनि घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछ ।
लिगको १५ औं स्थानमा रहेको ब्राइटनको ३३ अंक रहेको छ ।












