एजेन्सी । वेस्टइन्डिजले क्रिकेट टोलीले इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजका दौरान ‘ब्ल्याक लिभ्स म्याटर’ नारा अंकित जर्सी लगाउने भएको छ ।
वेस्टइन्डिजका कप्तान जेसन होल्डरले सिरिजका लागि भएको पहिलो प्रेस कन्फ्रेन्समा वेस्टइन्डिजले रंगभेगविरुद्धको आन्दोलनलाई कुनै न कुनै रूपमा सहयोग गर्ने बताएका हुन् ।
'मलाई विश्वास छ कि हामीले रंगभेदकोविरुद्ध एकता देखाउने छौ । जहाँ जागरूकता जगाउन सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो ।' कप्तान जेसनले आइतबार एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘ब्ल्याक लिभ्स म्याटर’ अंतिक लोगो यसअघि प्रिमियर लिगमा २० वटै क्लबले जर्सीमा प्रयोग गरेका थिए । सोहि लोगो इंग्ल्यान्डविरुद्धको खेलमा वेस्टइनिडजले पनि आफ्नो जर्सीमा प्रयोग गर्ने जनाइएको छ ।
सो लोगो अलिशा होसनाहद्वारा डिजाइन गरिएको थियो भने त्यसको पार्टनर वाटफोर्डका कप्तान ट्रोय डिनेय हुन् ।
‘ब्ल्याक लिभ्स म्याटर’ अंकित सो प्रतिक आफ्नो जर्सीमा प्रयोग गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले वेस्टइन्डि क्रिकेटलाई अनुमति दिइएको जनाइएको छ ।
'यो कोरोना भाइरसपछि हुने क्रिकेटको एतिहासिक खेल हो । जुन क्रिकेट र वेस्टइन्डिज क्रिकेट टिमका लागि महत्वपूर्ण क्षण हो,' होल्डरले भने, 'हामी विस्डेन ट्रफी जित्न इंग्ल्यान्ड आएका छौं । तर हामी विश्वभर भइरहेका घटना, न्याय र समानताको लडाइप्रति पनि सचेत छौं ।'
उनले थपे, 'युवा पुरुषहरूको समूहले भरिएको वेस्टइन्डिज क्रिकेटको समृद्ध र विविध इतिहासको बारेमा जानकार नै छौं । र हामीलाई थाहा छ हामी आउँदो पुस्ताका लागि महान खेलका अभिभावक हौं ।'
कप्तान होल्डरले समान अधिकारहरू प्राप्त गर्न केही उपायहरू खोज्नु परेको बताएका छन् । उनले तिनीहरूको छालाको रंग वा जातीय पृष्ठभूमिका कारण मानिसहरू विभिन्न रूपमा हेर्नु नहुने बताए ।