पाकिस्तानका ६ खेलाडी कोरोनाबाट मुक्त
शनिबार, असार १३, २०७७खेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको संक्रमण देखिएको पाकिस्तान क्रिकेट टिमका १० खेलाडीमध्ये ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
गत साता कोरोना संक्रमण देखिएका १० खेलाडीमा पुनः परिक्षण गर्दा ६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना नेगेटिभ देखिनेमा मोहमद हसनैन, सादव खान, फकर जमान, मोहमद रिजवान, मोहमद हाफिज र वाहब रियाज रहेका छन् ।
दोस्रो पटक पनि कोरोना पोजेटिभ देखिनेमा इमरान खान, कासिफ भाटी, हेदर अली र हरिस राउफ रहेका छन् ।
त्यस बाहेक बाँकी खेलाडी र स्टाफको कोरोना रिपोर्ट नेगेटिभ भएको इएसपीएन क्रिकइन्फोले जनाएको छ ।







-1763733911749.jpg&w=3840&q=75)

-1763772456514.webp&w=3840&q=75)




