एजेन्सी । भारतका भेट्रान स्पिनर प्रविन ताम्बे क्यारिबियन प्रिमियर लिगमा छनोट भएका छन् ।
४८ वर्षे ताम्बेलाई ट्रिङआबो नाइट राइडर्सले छनोट गरेको बताइएको छ ।
बुधबार भएको भर्चुअल ड्राफ्टबाट उनलाई नाइट राइडर्सले अनुबन्ध गरेको बताइएको छ ।
यद्दपी आधिकारिक रुपमा भने ड्राफ्टबाट छनोट भएको सूची सार्वजनिक भएको छैन ।
ताम्बेले एक अन्तर्वार्तामा आफु सीपीएलका लागि छनोट भएको बताएका छन् ।
'मैले ड्राफ्टको लागि अप्लाई गरेको थिएँ र मलाई खबर आएको छ कि म छनोट भएको छु । यो मेरोलागि ठुलो मौका हो र यसको लागि म सकरात्मक रहेको छु,' ताम्बेले स्टा रस्पोर्ट्ससँग भने, 'म इन्डोर अभ्यास गर्दै आएको छु । कुनैपनि खेलाडीको लागि यो अवसर हो र यसमा आफ्नो क्षमता प्रदर्शन गर्नेमा आशावादी छु ।'
सीपीएलमा छनोट भएपनि ताम्बेलाई प्रतियोगिता खेल्न भारतीय क्रिकेट बोर्डको नो अब्जेक्सन लेटर आवश्यक हुन्छ ।
बीसीसीआईको नियम अनुसार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास नलिएका खेलाडीले अन्य विदेशी फ्रेन्चाइज लिग अनुमतिबिना खेल्न पाउँदैनन् ।
यस अघि ताम्बेलाई बीसीसीआईले आफ्नै लिग आईपीएल खेल्न प्रतिबन्ध लगाएको छ । ताम्बेले बोर्डको नियम उल्लंघन गरेको भन्दै उनलाई आईपीएलमा प्रतिबन्ध लगाईएको हो ।
गत संस्करणको टी-१० लिग ताम्बले बीसीसीआईको अनुमति बिना खेलेका थिए ।
यद्दपी ताम्बेले सीपीएल खेल्न पाउने सम्भावना निकै कम रहेको छ ।
'ताम्बेले घरेलु प्रतियोगिताबाट सन्यास लिए मात्र विदेशी लिग खेल्न पाउने छन् । नत्र आईपीएल परिचालक निकायले कदम उठाउने छ जब उनले एक पटक गल्ती गरिसकेका छन्,'बीसीसीआईका एक सदस्यले भने ।