एजेन्सी । पाकिस्तानी क्रिकेटर मोहमद हाफिजको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ आएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले हाफिजको दोस्रो रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।
गत साता गरिएको परिक्षणमा हाफिजसहित १० खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो ।
तर, हाफिजले व्यक्तिगत परिक्षण गराउदा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
त्यसपछि बोर्डले दोस्रो पटक हाफिजको कोरोना परिक्षण गरेको थियो ।
हाफिजले गराएको व्यक्तिगत परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि बोर्डले अन्य खेलाडीको पनि दोस्रो पटक परिक्षण गर्ने जनाएको छ ।
यस्तै बोर्डले हाफिजलाई कारबाहीको तयारी समेत गरेको छ । बोर्डको अनुमति बिना कोरोना परिक्षण गरेको भन्दै बोर्डले उनलाई कारबाही गर्ने जनाएको छ ।
हाफिज पाकिस्तानको कन्ट्रयाक्ट लिस्टमा भने रहेका छैनन् । यद्दपि एक पटक राष्ट्रिय टिमको प्रतिनिधित्व गरेपछि खेलाडीले बोर्डलाई हरेक कुराको जानकारी गराउनु पर्ने हुन्छ ।