एजेन्सी । इंग्ल्यान्डको काउन्टी क्रिकेट क्लब समरसेटले अलराउण्डर कोरी एण्डरसनसँगको सम्झौता रद्द गरेको छ ।
समरसेटले न्युजिल्याण्डका एण्डरसनलाई टी-२० ब्लास्टका लागि अनुबन्ध गरेको थियो ।
२९ वर्षे एण्डरसनलाई समूह चरणको १४ खेलका लागि क्लबले अनुबन्ध गरेको थियो ।
तर, क्लबले शुक्रबार एक विज्ञप्ति निकाल्दै एण्डरसनसँग आपसी समझदारीमा सम्झौता रद्द गरिएको जनाएको छ ।
यस सिजनको टी-२० ब्लास्ट आयोजना हुने नहुने अन्योलता रहेको छ ।
किनकि कोरोना भाईरसको कारण यस सिजन इंग्ल्यान्डमा घरेलु क्रिकेट भएको छैन ।
तर, आगामी अगष्ट १ बाट इंग्ल्यान्डमा घरेलु क्रिकेट हुने सम्भावना रहेको छ ।