शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. धादिङमा 'होम ग्राउण्ड' बनाउँदै एनआरटी र आरसिटी !

धादिङमा 'होम ग्राउण्ड' बनाउँदै एनआरटी र आरसिटी !

२०२० जुन २६, शुक्रबारनमीन ढकाल

धादिङमा 'होम ग्राउण्ड' बनाउँदै एनआरटी र आरसिटी !

धादिङ । न्युरोड टिम (एनआरटी) र रानीपोखरी कर्नर टिम (आरसिटी) नेपाली फुटबल इतिहासकै चर्चित र पुराना क्लब हुन् ।

एनआरटी र आरसिटी काठमाडौंको रैथाने क्लब हो । आरसिटीले ६ पटक र एनआरटीले ४ पटक ए डिभिजन लिग जितेको छ ।

तर, यतिबेला दुवै क्लब काठमाडौं बाहिर निस्कने योजनामा छन् ।

बिहीबार मात्र दुई क्लबका पदाधिकारी राजधानी नजिकैको जिल्ला धादिङको भ्रमणमा आएका थिए ।

एनआरटीका अध्यक्ष सुन्दर जोशी र महासचिव नरेन्द्र श्रेष्ठ तथा आरसिटीका उपाध्यक्ष कुमार राज भण्डारी र सह सचिव रविन महर्जनले जग्गा निरीक्षण गरेका थिए ।

क्लबको घरेलु मैदान अर्थात् 'होम ग्राउण्ड' निर्माणका लागि जग्गा खोज्दै दुई क्लबका पदाधिकारी धादिङको धार्के आएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा क्लबका पदाधिकारीले धुनिवेशी नगरपालिकाको पुरानो धार्केमा रहेको जग्गा निरिक्षण गरेका छन् ।

एनआरटी र आरसिटीका पदाधिकारीले भुवनेश्वरी माध्यामिक विद्यालयको मातहतमा रहेको करिब ३३ रोपनी जग्गामा फैलिएको मैदानको निरीक्षण गरेका थिए ।

दुवै क्लबले यस मैदानलाई आफ्नो घरेलु मैदानसहित एकेडेमी बनाउने योजना बनाएका छन् । क्लबले मैदानमा होस्टेल भवनसहित प्यारापिट समेत बनाउने जनाएको छ ।

तर, सम्पूर्ण भौतिक निर्माणका लागि जग्गा अपुग हुने देखिएको छ । क्लबले सुविधा सम्पन्न एकेडेमीसहितको मैदानमा लागि करिब ४० रोपनी जग्गा आवश्यक पर्ने जनाएको छ ।

विद्यालयको मातहतमा रहेको यस मैदानमा पूर्वाधार विकासका लागि प्रदेश ३ सरकार र धुनिवेशी नगरपालिकाले १–१ करोड विनियोजन समेत गरेको छ । जसको कारण विद्यालयले १ करोड ८० लाखको टेन्डर सहित मैदान निर्माणको काम अगाडी बढाईसकेको छ ।

जग्गा निरिक्षणपछि एनआरटी अध्यक्ष सुन्दर जोशीले जग्गा लिनेमा क्लब सकारात्मक रहेको र राखेप, एन्फा र नगरपालिकासँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

‘जग्गा हेरेपछि सकारात्मक देखिएका छौं । चाडैनै क्लबको बैठक बस्ने छ । जग्गाको कुरा फाइनल भएसँगै एन्फा, राखेप र नगरपालिकासँग मिलेर काम अघि बढाउने छौं,’ चार पटक ए डिभिजन लिग जितिसकेको क्लबका अध्यक्ष जोशीले भने ।

नगरपालिकाका मेयर बालकृष्ण आचार्यले आफ्नो नगरपालिका क्लबहरुसँग मिलेर खेलकुद क्षेत्रमा लाग्न तयार भएको बताए ।

‘नगरपालिकाले आफ्नो क्षेत्रलाई गौरवान्वित बनाउन काम सुरु गरेको छ । खेल मैदान सहित पार्क बनाउने, नगर स्तरिय हस्पिटल, होटल बनाउने योजना ल्याएको छ । जसले गर्दा धुनिवेशी नगरपालिकाको प्रमोट हुन्छ,’ आचार्यले भने, ‘काठमाडौं नजिक रहेर पनि हाम्रो क्षेत्र केहि नभए जस्तो भएको छ । सफल टिम पाएको अवस्थामा सहकार्य गर्दै अगाडि बढ्नेछौं ।’

यस्तै आरसिटीका सह सचिव रविन महर्जनले जग्गाप्रति क्लब सकारात्मक भएको बताए ।

एसियाली खेलकुद महासंघ (एएफसी) ले आफ्ना सदस्य राष्ट्रका क्लबहरुलाई लाईसेन्स प्रणाली अनिवार्य गरेको छ । जसका लागि क्लबसँग होम ग्राउण्ड, आफ्नै एकेडेमी, युथ टिम अनिवार्य रहेको छ ।

एएफसीको नियममा बाधिएको क्लबले मात्रै एएफसीको आधिकारीक प्रतियोगितामा सहभागीता जनाउन पाउनेछन् । जसअनुसार एन्फाले राखेपको सहायतामा क्लबहरुलाई उपत्यका बाहिर लैजाने योजना ल्याएको हो ।

कोरोना भाईरसको महामारीबीच बिहीबार क्लबका पदाधिकारीसँगै राखेप सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली समेत धादिङ आएका थिए ।

पछिल्लो समय एन्फाको विरोधमा उत्रिरहेका धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडा भने निरीक्षणमा उपस्थित भएनन् । यद्यपि महासविच रामहरि थापा लगायत अन्य प्रतिनिधिले स्थलगत निरिक्षण गरेका थिए ।

उक्त टोलीले धादिङमा रहेका अन्य विभिन्न मैदानको समेत निरिक्षण गरेका थिए ।

टिमले धुनिवेशीकै बानियाटारमा नवनिर्मित खेल मैदान, थाक्रेको गनिशेचौर खेल मैदान, गजुरीको गलौदीको खेलमैदान र चरौदीमा बन्न लागेको मैदान निरीक्षण गरेका थिए । टोलीले सम्भावित दोस्रो मैदानको रुपमा गनिशेचौरलाई समेत हेरेको छ ।

निरीक्षणपछि एन्फाका अध्यक्ष शेर्पाले क्लबहरुको आफ्नै प्रशिक्षण स्थल नभएको र त्यसलाई मुर्तरुप दिन धादिङ झरेको बताए ।

‘अन्तराष्ट्रिय मापदण्ड अनुसार क्लबहरुको आफ्नै होम ग्राउण्ड चाहिन्छ । क्लबहरुको आफ्नै प्रशिक्षण केन्द्र नभएकाले त्यसैको मुर्तरुप दिन अगाडि बढेका छौं,’ अध्यक्ष शेर्पाले भने ।

अध्यक्ष शेर्पाले उपत्यकाको क्लबलाई काठमाडौं बाहिर लैजाने योजना बनाएको र त्यसै अनुसार धादिङलाई फुटबलको केन्द्र बनाउने बताए ।

‘एन्फाले काठमाडौंका क्लबलाई बाहिर लैजाने सोच बनाएको छ । धादिङमा पनि २–३ क्लबलाई प्रशिक्षण केन्द्र बनाउन सकिन्छ । जसले धादिङलाई फुटबलको केन्द्र बनाउने छ ।’

मैदान निरिक्षणपछि सदस्य सचिब सिलवालले धादिङको अर्काे नाम खेलले पनि जोडिनेमा आफु विश्वस्त रहेको बताए ।

‘काठमाडौं नजिकैको जिल्ला रहेको छ । सुरुङ मार्ग बनेसँगै क्लबलाई झनै सहज हुनेछ । यहाँ खेलमात्रै हैन खेलाडी उत्पादन देखि लिएर इकोनोमिक्स फाइदा पनि हुन्छ । स्थानियले राष्ट्रिय खेलाडीपनि देख्न पाउँछन् । अब, धादिङको अर्काे नाम खेलले पनि जोडिन्छ’ उनले भने ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले