एजेन्सी । इंग्ल्यान्डका बलर जोफ्रा आर्चर टिमको प्रशिक्षणमा फर्किएका छन् ।
कोरोना भाईरस परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि जोफ्रा बिहिबारबाट प्रशिक्षणमा फर्किएका हुन् ।
२५ वर्षीय जोफ्रा स्वास्थ्यमा समस्या देखिएपछि समूह प्रशिक्षणमा सहभागी भएका थिएनन् ।
स्वास्थ्यमा समस्या देखिएपछि जोफ्राले दुई पटक कोरोना परिक्षण गरेका थिए ।
दुवै पटक उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
वेष्ट इण्डिजसँगको टेष्ट सिरिजका लागि ३० सदस्सीय टिमले समूहमा प्रशिक्षण सुरु गरिसकेको छ ।
दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ । यस्तो ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।
इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिनेछ । सिरिज बन्द रंगशालामा हुनेछ ।