एजेन्सी । पाकिस्तान क्रिकेट बोर्डले आफ्ना खेलाडीको पुन: कोरोना परिक्षण गर्ने भएका छन् ।
पहिलो परिक्षणमा गडबडी भएको भन्दै बोर्डले खेलाडीमा फेरी कोरोना परिक्षण गर्ने जनाएको छ ।
इंग्ल्यान्ड भ्रमणमा जाने टोलीमा गरिएको परिक्षणमा १० खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो ।
तर, कोरोना पोजेटिभ देखिएका मोहमद हाफिजले व्यक्तिगत परिक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि बोर्डले फेरी सबै खेलाडीको परिक्षण गर्ने भएको हो ।
बोर्डले गरेको कोरोना परिक्षण पोजेटिभ देखिएको भोलिपल्ट हाफिजले व्यक्तिगत जांच गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो ।
'मैले हाफिजसँग कुरा गरे । उनको निर्णय र हर्कतले हामी खुशी नभएको बताएँ । व्यक्तिगत हिसाबमा उनले टेस्ट गराउनु पाउँछन् तर बोर्डलाई जानकारी गराउनु आवश्यक हुन्छ । किनकि उनले बोर्डलाई समस्यामा परेका छन् । उनले सामाजिक सञ्जालमा नियम उल्लंघका गरेको यो पहिलो पटक होइन,' बोर्डका सिइओ वासिम खानले भने ।
हाफिज पाकिस्तानको कन्ट्रयाक्ट लिस्टमा भने रहेका छैनन् । यद्दपि एक पटक राष्ट्रिय टिमको प्रतिनिधित्व गरेपछि खेलाडीले बोर्डलाई हरेक कुराको जानकारी गराउनु पर्ने खानको भनाई छ ।
यस्तै बोर्डले उनकै कारण सबै खेलाडीको पुन: कोरोना परिक्षण गर्ने बताएको छ ।
इंग्ल्यान्ड भ्रमणको लागि पाकिस्तानले २९ खेलाडीलाई प्रशिक्षण राखेको थियो ।
मंगलबार फकर जमान, इमरान खान, कासिफ भाटी, मोहमद हाफिज, मोहमद हसनैन, मोहमद रिजवान र वाहब रियाजलाई कोरोना संक्रमण पुष्टि भएको बोर्डले जनाएको थियो । यसअघि सोमबार सादव खान, हेदर अली र हरिस राउफलाई कोरोना भएको थियो ।