एजेन्सी । इंग्ल्यान्ड महिला क्रिकेट टिमका पूर्व कप्तान क्लेयर कनर मेरिलेबोन क्रिकेट क्बल (एमसीसी) को अध्यक्षमा नियुक्त भएकी छिन् ।
विश्वकै पुरानो क्रिकेट क्लब एमसीसीले बुधबार कनरलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
एमसीसीको अध्यक्ष बन्ने उनी पहिलो महिला हुन् । क्लबको २ सय ३३ वर्षे इतिहासमा एमसीसीले पहिलो पटक महिला अध्यक्ष पाएको हो ।
इंग्ल्यान्डको महिला क्रिकेटको म्यानेजिङ डिरेक्टर रहेकी कनर २०२१ को अक्टोबर १ बाट एमसीसीको अध्यक्ष हुने छिन् ।
४३ वर्षीय कनरले श्रीलंकाका लिजेण्ड कुमार संगाकाराको स्थान लिने छिन् ।
उनी इंग्ल्यान्डको महिला टिमका पूर्व प्रशिक्षक समेत हुन् ।