एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को बैठक आज (बिहीबार) बस्दै छ ।
आईसीसीको आज बस्ने बैठकमा अध्यक्ष चुन्ने मुख्य एजेण्डा रहने छ । भिडियो कन्फरेन्स मार्फत हुने बैठकमा अध्यक्षको चुनावी प्रकृयाबारे छलफल हुनेछ ।
पूर्व इङ्ल्यान्ड क्रिकेट बोर्डका अध्यक्ष कोलिन ग्रेब्स आईसीसीको अध्यक्षका प्रमुख दावेदारी हुन् । हालका अध्यक्ष मनीहरलाई ग्रेभसले प्रतिस्थापन गर्ने देखिएको छ ।
आईसीसीले यसअघिनै टी–२० विश्वकपको बिषयमा अघिल्लो महिनामात्र निर्णय लिने बताईसकेको छ । बैठकले आईसीसीको अध्यक्ष पदको निर्वाचनको मिति तय गर्ने बताईएको छ ।
आईसीसीको अध्यक्षमा उम्मेदवारी दिन सदस्यले कम्तीमा दुई पटक बोर्ड बैठकमा अनिवार्य सहभागी हुनुपर्ने र सम्बन्धित देशका बोर्ड सदस्यले मनोनयन गर्नुपर्ने प्रावधान रहेको छ ।
आईसीसीको बोर्डमा अध्यक्ष सहित टेष्ट खेल्ने १२ देश, तीन एसोसियट सदस्य, स्वतन्त्र महिला निर्देशक र मुख्य कार्यकारी अधिकृत सहभागी हुनेछन् ।
निर्वाचनको अवस्थामा मुख्य कार्यकारी अधिकृतसंग मतदानको अधिकार हुनेछैन ।
ईङ्ल्याण्ड तथा वेल्सका पुर्व अध्यक्ष ग्रेब्स अध्यक्षको दाबेदार देखिएपनि भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरव गांगुलीलाई सम्भावित अध्यक्षको रुपमा हेरिएको छ ।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनीले अगाडीनै आफुलाई दौडबाट बाहिर राखिसकेका छन् ।