एजेन्सी । १६ मे, सन् २०१३ ।
आईपीएलमा स्पट फिक्सिङको आरोपमा राजस्थान रोयल्सका तीन खेलाडी पक्राउ परे ।
जसमा शान्ताकुमारन श्रीसंत, अंकित चव्हाण र अजीत चन्डिला सहभागी थिए ।
आईपीएलका खेलाडीकै फिक्सिङको आरोपमा समातिएपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) दबाबमा आयो । उसले पत्रकार सम्मेलन गर्दै प्रहरीलाई फिक्सिङको बिषयमा पुरै सहयोग गर्ने बतायो ।
घटना लगत्तै बीसीसीआईले तीनै खेलाडीलाई तत्कालका लागि निलम्बन गर्यो ।
तीन दिनपछि बीसीसीआईका अध्यक्ष एन श्रीनिवासनले सट्टेबाजमाथि रोक लगाउन आफ्नो क्षमताको कुरा नभएको बताएका थिए । उनले प्रहरी प्रशासन जत्तिकै शक्ति आफुसंग नहुने भन्दै सट्टेबाज रोक्न नसक्ने धारणा राखेका थिए । सबै घटना आईपीएलको छैटौ संस्करणमा चलिरहेको थियो ।
लगत्तै श्रीसंत, अंकित र अजितले एक हिसाबले स्पट फिक्सिङको आरोप स्विकार गरेका थिए ।
रणजी टिममा पुनरागमन
स्पट फिक्सिङको समातिएसंगै श्रीशान्तले जिवनमा धेरै आरोह अवरोह ब्यहोरे । उनको क्रिकेट जीवन लगभग बर्बाद जस्तै भयो । बीसीसीआईले उनीमाथि आजीवन प्रतिबन्धको कारबाही गर्यो ।
त्यस समयसम्म उनले भारतका लागि २७ टेष्ट, ५३ एकदिवसीय र १० टी–२० म्याच खेलिसकेका थिए । उनले नाममा टेष्टमा ८७, एकदिवसीयमा ७५ र टी–२० मा ७ विकेट थियो ।
उनै श्रीसंतमाथि लागेको आजीवन प्रतिबन्धलाई सन् २०१९ मा भारतको सर्वोच्च अदालतले हटाएको छ । सोही अनुसार उनको कारबाही यसै वर्षको सेप्टेम्बरमा सकिदैछ ।
श्रीसंतका लागि सबैभन्दा खुसीको कुरा पछिल्ला हप्तामात्र केरला क्रिकेट संघले ३७ बषिया तिव्र गतिका बलरको नाम रणजी टिममा छनोट हुन सक्ने बतायो ।
केरला रणजी टिमका नवनियुक्त प्रशिक्षक टीनू योहाननले समेत श्रीसंतको नाममा बिचार गर्न सकिने धारणा राखे । तर उनले पुनरागमनका लागि फिटनेसमा आफुलाई प्रमाणित गर्नुपर्नेछ ।
पछिल्ला अभिब्यक्तिसंगै ३७ वर्षका तिव्र गतिका बलर कसरी पुनरागमन गर्छन् ? सबैको चासोको बिषय बनेको छ । केही प्रश्न उनको ब्यक्तित्वलाई समेत लिएर गरिएको छ ।
करियर
श्रीसंतले सन् २०१४ मा एक डान्स रियालिटी सोमा देखिएका थिए । उनले डान्सको शोख बच्चादेखिनै भएको उल्लेख गर्दै क्रिकेटलाई करियर बनाउन लागेपछि छुटेको बताएका थिए ।
उनले आफ्नी प्रेमिका भुवनेश्वरी कुमारीसंग विवाह समेत गरे । उनी राजस्थानकी एक पूर्व राजपरिवारबाट थिईन् । श्रीसंतले फिल्म समेत खेले । उनले तेलुगुमा बनेको फिल्ममा समेत संगीत दिएका थिए ।
श्रीसंत र उनका वकिलको बयान अनुसार दिल्ली पुलिसले पक्राउ गरेर लगेको समय कुनै प्रमाण फेला परेका थिएन । श्रीसंतले आफु गलत समयमा गलत मानिसको साथ रहेको बताएका थिए ।
के होला भविष्य ?
सबै घटनापछि धेरैले श्रीसंतको भविष्यको बिषयमा प्रश्न गरेका छन् । उदाहरण हेर्ने हो भने मोहम्मद अजहरुद्धीन, अजय जडेजा र मनोज प्रभाकर जस्ता खेलाडीले विवादमा परेपछि पुनरागमन गरेका छैनन् ।
श्रीसंत केरेलाको टिममा छनोट भएर रणजी ट्रफीमा राम्रो प्रर्दशन गरेपनि भारतीय टिममा पुनरागमन गर्न सक्ने छैनन् । उनी राष्ट्रिय टिममा पर्ने सम्भावना समाप्त भएको हैन, तर उनी टेष्ट र एकदिवसीय क्रिकेटमा फर्कन निकै कठिन छ ।
लामो समय अन्तराष्ट्रिय क्रिकेट छाडेका खेलाडीको राष्ट्रिय टिमको करियर समाप्त हुने गरेको छ । अदालतमा लामो समय चल्ने मुद्धामा खेलाडीले सफाई पाएपनि राष्ट्रिय टिममा फर्कने सम्भावना कम रहन्छ ।
श्रीसंत सन् २००७ मा टी–२० विश्वकप र सन् २०११ मा एकदिवसीय विश्वकप जित्ने टिमका सदस्य हुन् ।
एक समय तिहाड जेलमा आत्महत्याको सोच बनाउने एस श्रीशान्तले केरेलाबाट रणजी ट्रफी खेल्ने टिममा फर्कन सक्छन् कि सक्दैनन् ? सबैमा यही प्रश्न छ ।
उनी मैदान फर्किएको खण्डमा कुनै समय आउटस्विंगका लागि परिचित श्रीसंतको क्रिकेट जीवनको दोस्रो ईनिङ्स सुरु हुनेछ ।
(बीसीसीको सहयोगमा)