तेस्राे स्थानकाे लेष्टरकाे बराबरी
मंगलबार, असार ९, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा लेष्टरले ब्राइटनसँग गोलरहित बराबरी खेलेको हो ।
घरेलु मैदानमा गोलकिपर कास्पर नायक बन्दै एक पेनाल्टी बचाएपछि लेष्टरले ब्राइटनसँग बराबरी खेलेको हो ।
खेलको १४ औं मिनेटमा निल माउपेको पेनाल्टी कास्परले उत्कृष्ट बचाऊ गरेको थियो ।
यस्तै खेलमा बल पोजिसनमा पकड जमाएपनि लेष्टरका फरवार्डले गोल निकाल्न सकेनन् । र, घरेलु मैदानमा ब्राइटनसँग अंक बाड्न बाध्य बन्यो ।
बराबरीसँगै तेस्रो स्थानको लेष्टरले ३१ खेलमा ५५ अंक जोडेको छ । ३३ अंक जोडेको ब्राइटन १५ औं स्थानमा रहेको छ ।














