एजेन्सी । इंग्ल्यान्डका बलर आर्चर जोफ्रा कुहिनाको चोटबाट मुक्त भएका छन् ।
डेलीमेलसँग कुरा गर्दै जोफ्राले आफु पूर्ण रुपमा चोटबाट मुक्त भएको बताएका छन् ।
जोफ्राले यस वर्षको सुरुवातमा दाहिने कुहिनाको चोट बोकेका थिए ।
जसको कारण उनी श्रीलंका भ्रमण गर्ने टिम र आईपीएल टिम बाहिर रहेका थिए । तर, इंग्ल्यान्डको श्रीलंका भ्रमण र आईपीएल कोरोना भाईरसको महामारीको कारण स्थगित भएको थियो ।
'सुरुवाती दिनमा मैले ४ ओभर खेले । दोस्रो हप्तामा ६ ओभर थपे,' जोफ्राले भने, 'त्यसैले अहिले घडीको काम जस्तै भएको छ । अहिले मेरो शरीर ताजा छ । मेरो दाहिने कुहिनामा कुनै समस्या छैन ।'
जोफ्राले आफु वेष्ट इण्डिजविरुद्धको सिरिजका लागि तयार भएको समेत बताए ।
इंग्ल्यान्डले घरेलु मैदानमा वेष्ट इण्डिजसँग तीन खेलको टेष्ट सिरिज खेल्दैछ ।
'राइज द ब्याट' नाम दिइएको सिरिज जुलाई दोस्रो हप्ता सुरु हुनेछ ।
दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ । यस्तो ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।
इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिनेछ । सिरिज बन्द रंगशालामा हुनेछ ।
वेष्ट इण्डिजको टिम इंग्ल्यान्ड पुगेर १४ दिने क्वारेन्टाइनमा रहेका छन् ।