एजेन्सी । घरेलु टिम इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको टेष्ट सिरिजको नाम 'राइज द ब्याट' तय भएको छ ।
कोरोना भाईरसविरुद्ध काम गरिरहेकाहरुको सम्मानमा सिरिजको नाम 'राइज द ब्याट' राखिएको हो ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले सोमबार सिरिजको नाम 'राइज द ब्याट' राखिएको जनाएको छ ।
इंग्ल्यान्डले जुलाईमा वेष्ट इण्डिजसँग तीन खेलको टेष्ट सिरिज खेल्नेछ ।
दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ । यस्तो ओल्ड ट्राफोर्डमा हुने दोस्रो टेष्ट जुलाई १६ र तेस्रो खेल जुलाई २४ मा सुरु हुनेछ ।
इंग्ल्यान्ड र वेष्ट इण्डिजबीचको तीन खेलको सिरिज २१ दिनमा सकिनेछ । सिरिज बन्द रंगशालामा हुनेछ ।
वेष्ट इण्डिजको टिम इंग्ल्यान्ड पुगेर १४ दिने क्वारेन्टाइनमा रहेका छन् ।