एजेन्सी । अष्ट्रेलियामा आयोजना भएको आईसीसी टी-ट्वान्टी महिला विश्वकप क्रिकेट प्रतियोगिता महिला क्रिकेटकै सर्वाधिक हेरिएको प्रतियोगिता भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार अष्ट्रेलियाको विश्वकप महिला क्रिकेट इतिहासकै सर्वाधिक धेरै हेरिएको प्रतियोगिता भएको जनाएको छ ।
आईसीसीले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१८ को विश्वकप भन्दा १ सय ३१ प्रतिशतले दर्शक बढेको जनाएको छ ।
विभिन्न स्पोर्ट्स च्यानलबाट लाईभ र आईसीसीको विभिन्न डिजिटल च्यानलबाट १.१ विलियन दर्शकले प्रतियोगिता हेरेको जनाएको छ ।
प्रतियोगिताको फाइनल मात्र ५३ मिलियन दर्शकले हेरेको आईसीसीले जनाएको छ ।
गत फेब्रुवरी २१ बाट मार्च ८ सम्म आयोजना भएको प्रतियोगिताको उपाधि घरेलु टोलीले जितेको थियो ।
फाइनलमा अष्ट्रेलियाले भारतलाई ८५ रनले हराएको थियो ।