एजेन्सी । भारतको घरेलु प्रतियोगिता रणजी ट्रफीका सर्वाधिक विकेट लिने खेलाडी रजिन्दर गोएलको निधन भएको छ ।
भारतको घरेलु लिगमा सर्वाधिक सफल खेलाडी रजिन्दरको ७७ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
लेफ्ट आर्म स्पिनर रजिन्दरले रणजी ट्रफीमा ६ सय ३७ विकेट लिएका थिए ।
रजिन्दरले हरियाणा, दिल्ली र पन्जाबबाट रणजी ट्रफी खेलेका छन् ।
सन् १९५७ मा स्कुल लेभलको प्रतियोगितामा उत्कृष्ट खेल्दै चर्चामा आएका उनी त्यसको एक वर्षपछि रणजी ट्रफीमा डेब्यु गरेका थिए ।
भारतीय क्रिकेट बोर्डले उनलाई सन् २०१७ मा सिके नायडु लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो ।