एजेन्सी । भारतीय क्रिकेट टिमका पूर्व स्पिनर हरभजन सिंहले पूर्व कप्तान अनिल कुम्बले भारतका लागि खेल जिताउने महान खेलाडी भएको बताएका छन् ।
स्टार स्पोर्ट्ससँग कुरा गर्दै सिंहले आफुले खेलेका खेलाडीमध्ये कुम्बले महान खेलाडी भएको बताएका हुन् ।
'मेरो विचारमा अनिल भाइ (अनिल कुम्बले) भारतका लागि खेल्ने महान खेलाडी हुन्,' सिंहले भने, 'सम्भवत भारतले उत्पादन गरेको महान म्याच विनर उनी हुन् ।'
४९ वर्षीय कुम्बलेले भारतका लागि १८ वर्ष खेलेका थिए । भारतका लागि १ सय ३२ टेष्ट र २ सय ७१ एकदिवसीय खेलेका कुम्बलेले सन् २०१८ मा सन्यास लिएका थिए ।
कुम्बले टेष्टमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ६ सय १९ टेष्ट विकेट र ३ सय ३७ एकदिवसीय विकेट लिएका छन् ।
कुम्बलेको नेतृत्वमा सिंहले भारतका लागि थुप्रै खेल खेलेका थिए । सिंहले कुम्बलेसँग खेल्न पाउनु भाग्यमानी भएको समेत बताए ।
'उनीसंग लामो समय खेल्न पाउनु आफुलाई भाग्यशाली सम्झन्छु,' सिंहले थपे ।
सिंह पनि भारतका सफल स्पिनर हुन् । सिंहले भारतका लागि १ सय ३ टेष्ट, २ सय २६ एकदिवसीय र २८ टी-ट्वान्टी खेलेका थिए ।