एजेन्सी । दक्षिण अफ्रिका क्रिकेटले आयोजना गर्ने भनिएको नयाँ फर्म्याटको क्रिकेट पछि सरेको छ ।
कोरोना भाईरसबाट प्रभावित मानिसलाई सहयोग गर्ने उदेश्यले दक्षिण अफ्रिकाले तीन टिम सहभागी नयाँ फर्म्याटको क्रिकेट आयोजना गर्ने बताएको थियो ।
सोलाडिरीटी कप नाम दिईएको प्रतियोगिता जुन २७ मा सेन्चुरियनमा हुने तय भएको थियो ।
तर, प्रतियोगिता आयोजनाका लागि तयारी नपुगेको भन्दै प्रतियोगिता पछि सरेको दक्षिण अफ्रिका क्रिकेटले जनाएको छ ।
दक्षिण अफ्रिका क्रिकेटले प्रतियोगिताको नयाँ मिति चाडै सार्वजनिक गर्ने जनाएको छ ।
प्रतियोगितामा एबी डी भिलियर्स, क्विनटन डी कक र कागिसो राबडाको कप्तानीमा रहने तीन टिमले एक खेल खेल्नेछ ।
तीन इनिङ्स १२ ओभरको हुने खेलमा ६ ओभरमा हाल्फ हुनेछ ।
एस्बत उठेको रकम कोरोना प्रभावितलाई सहयोग गरिने क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ ।