एजेन्सी । पाकिस्तानको क्रिकेट टिम आगामी साता इंग्ल्यान्ड भ्रमणमा निस्कने भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले घरेलु टिमसँगको टेष्ट र टी-ट्वान्टी सिरिजका लागि टिम जुन २८ मा इंग्ल्यान्ड प्रस्थान गर्ने जनाएको छ ।
इंग्ल्यान्ड पुगेपछि २९ सदस्सीय पाकिस्तानी टोली म्यानचेस्टरमा १४ दिनको क्वारेन्टाइनमा बस्ने छन् ।
पाकिस्तानले इंग्ल्यान्डसँग ३ खेलको टेष्ट र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
दुई टोलीबीचको सिरिज जुलाई ३० मा सुरु हुनेछ । टी-ट्वान्टी सिरिज अगष्ट २९ देखि २ सेप्टेम्बरसम्म हुनेछ ।
यस्तै पूर्व कप्तान सोयब मल्लिक भने तत्काल इंग्ल्यान्ड नजाने भएका छन् । टी-ट्वान्टी टोलीमा रहेका उनी जुलाई २४ मा इंग्ल्यान्ड जाने छन् ।
टेष्ट र एकदिवसीयबाट सन्यास घोषणा गरिसकेका ३८ वर्षीय मल्लिक परिवारसँग केहि समय बिताएपछि त्यसतर्फ जाने बताईएको छ ।
कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान नहुँदा मल्लिकका श्रीमती तथा टेनिस खेलाडी सोनिया मिर्जा र उनका छोरा भारतमा रहेका छन् ।