एजेन्सी । बंगलादेश क्रिकेट टिमका पूर्व कप्तान मासरफी मोर्टजालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
मोर्टजाका भाइ मोर्सालिन मोर्टजाले शनिबार उनलाई कोरोना संक्रमण भएको बताएका छन् ।
केहि दिन यता अस्वस्थ रहेका मोर्टजाको परिक्षण गराउदा कोरोना पोजेटिभ देखिएको बताईएको छ ।
सन् २०१९ को विश्वकपमा बंगलादेशको कप्तान रहेका मोर्टजाले ३७ टेष्ट खेलेका छन् ।
३६ वर्षीय मोर्टजाले २ सय २० एकदिवसीय र ५४ टी-ट्वान्टी खेलेका छन् ।
पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीपछि कोरोना देखिने उनी दोस्रो ठुला क्रिकेट स्टार हुन् ।
यस्तै बंगलादेशका पूर्व ओपनर नाफिज इकबाललाई समेत कोरोना पोजेटिभ देखिएको छ ।
बंगलादेशमा कोरोनाको कारण ३७ जनाको मृत्यु भएको छ भने १४ हजार बढी संक्रमित रहेका छन् ।