एजेन्सी । अष्ट्रेलियन ब्याट्सम्यान मार्नुस लाबुसच्यानले काउन्टी क्लब ग्लामोरगनसँगको सम्झौता नवीकरण गरेका छन् ।
ब्याट्सम्यान मार्नुसले क्लबसँग थप एक वर्ष क्लबमा रहने गरि सम्झौता गरेका हुन् ।
सम्झौतासँगै उनी सन् २०२२ को सिजनसम्म ग्लामोरगनबाट काउन्टी क्रिकेट खेल्ने छन् ।
काउन्टी च्याम्पियनसिपमा मार्नुसले सन् २०१९ को सिजन १० खेलमा ११ सय १४ रन बनाएका थिए ।
तर, यस सिजनको च्याम्पियनसिप भने उनले खेल्न नपाउने सम्भावना रहेको छ ।
कोरोना भाईरसको कारण आवतजावतमा रोक लगाईएको कारण उनले नखेल्ने सम्भावना भएको हो ।
२५ वर्षीय मार्नुस यसै वर्ष अष्ट्रियाको टेष्ट प्लेयर अफ दि इयर बनेका थिए ।