प्रिमियर लिग क्लबलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति
बुधबार, जेठ २१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिगले क्लबलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति दिएको छ ।
कोरोना भाईरसको महामारीको कारण स्थगित लिग सुचारु अघि क्लबलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति दिएको हो ।
प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ । लिग सुचारु अघि क्लबले आफ्नो मैदान अथवा प्रशिक्षण मैदानमा अन्य क्लबसँग मैत्रीपूर्ण खेल खेल्न पाउने छन् ।
शीर्ष डिभिजन क्लबले तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि अनुरोध गरेपछि प्रिमियर लिगले अनुमति दिएको टेलिग्राफले जनाएको छ ।
लिग सुचारुको मिति तय भएसँगै क्लबहरुले प्रशिक्षण थालिसकेका छन् ।
यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दुई जितले च्याम्पियन बन्ने छ ।
यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।












-1763309767672.webp&w=3840&q=75)
