बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

प्रिमियर लिगका उत्कृष्ट पाँच खेल

शनिबार, बैशाख ६, २०७७खेलपाटी संवाददाता
प्रिमियर लिगका उत्कृष्ट पाँच खेल
Classic Tech Internet Ad

एजेन्सी । कोरोना भाईरसको महामारीको कारण इंग्लिस प्रिमियर लिग फुटबलको यस सिजनको खेलहरु स्थगित अवस्थामा रहेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ । गत मार्च १३ पछि लिगका कुनै पनि खेल भएको छैन ।

यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । र, यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ । लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ ।

कोरोनाले यस सिजन सकिने र नसकिनेमा अझै अन्योलता रहेको छ । तर, सन् २०१९/२० को सिजनमा केहि उत्कृष्ट खेल भएको छ ।

यस सिजन भएको पाँच उत्कृष्ट खेलको चर्चा तल गरिएको छ ।

१. नर्विच सिटी ३-२ म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटीले सिजनको पहिलो हार नर्विच सिटीको हातबाट व्यहोरेको थियो । नर्विचको मैदानमा भएको खेलमा सिटीले ३-२ को हार व्यहोरेको थियो ।

साविकको विजेता सिटीविरुद्ध नर्विचले निकालेको जित प्रिमियर लिगकै उत्कृष्ट मध्येको एक खेल हो । नर्विचलाई जित दिलाउन टेमु पुकी, केन्नी म्याकलिन र तोड कान्टवेलले एक एक गोल गरेका थिए । सिटीका सर्जियो अग्युरो र रोड्रीले एक एक गोल गरेका थिए ।

Norwich City v Manchester City Match Report, 14/09/19, Premier ...

यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको नर्विचले सिटीविरुद्ध उत्कृष्ट खेल पस्किएको थियो । उक्त जित सबैको लागि अप्रत्यासित रहेको थियो । सिटी सन् २०१५ पछि पहिलो पटक शीर्ष डिभिजनमा उक्लिएको क्लबसँग पराजित भएको थियो ।

२. आर्सनल ३-२ एस्टन भिल्ला

आर्सनलले घरेलु मैदानमा एस्टन भिल्लाविरुद्ध निकालेको ३-२ को जित प्रिमियर लिगमा यस सिजनको उत्कृष्ट खेलमा पर्छ ।

गत सेप्टेम्बरमा घरेलु मैदानमा १० खेलाडीमा समेटिएको आर्सनलले पाहुना टोलीविरुद्ध एक गोलले पछि परेको स्थिति समेत उल्टाएको थियो ।

उनाइ इम्रीको नेतृत्वमा रहेको आर्सनलका लागि निकोलस पेपे, पेरिक एम्रिक आबुमियाङ र कलम चाम्बर्सले एक एक गोल गरेका थिए । भिल्लाका जोन म्याकगएँ र वेस्ले मोरेसले एक एक गोल गरेका थिए ।

Pierre-Emerick Aubameyang celebrates his late winner against Aston Villa.

उक्त खेलमा आर्सनलका मैटल्याण्ड निल्सले दोस्रो हाफको सुरुवातमै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

३. वुल्भ्स ३-२ म्यानचेस्टर सिटी

गत डिसेम्बरमा वुल्भ्सले सिटीविरुद्ध उत्कृष्ट जित निकालेको थियो । घरेलु मैदानमा भएको खेलमा वुल्भ्सले सिटीलाई ३-२ गोल अन्तरले हराएको थियो ।

Wolves are ecstatic after scoring against Manchester City.

१० खेलाडीमा सिमित सिटीका लागि रहिम स्टर्लिङले दुई गोल गरेपनि टोलीलाई जित दिलाउन भने सकेनन् । सिटीका गोलकिपर एण्डरसन १२ औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि सिटी दबाबमा आएको थियो ।

वुल्भ्सका लागि एडम ट्राओरे, राउल जेमिनिज र माट दोहेर्टीले गोल गरेका थिए ।

४.वाट्फोर्ड ३-० लिभरपुल

गत फेब्रुवरीमा लिग लिडर लिभरपुलले अप्रत्यासित नतिजाको आत्मसात गर्यो । वाट्फोर्डको हातबाट ३-० को हार लिभरपुलको लागि अप्रत्यासित नतिजासँगै सिजनको पहिलो हार समेत थियो ।

लगातार १८ खेलमा अपराजित रहेको लिभरपुललाई वाट्फोर्डले घरेलु मैदानमा स्तब्ध बनाएको थियो । उक्त खेलमा वाट्फोर्डका स्मालिया सारले दुई गोल गरेका थिए । यस्तै ट्रोय डेनीले एक गोल थपेका थिए ।

Watford celebrate one of their goals against EPL leaders Liverpool.

पहिलो हाफ गोलरहित बराबरी खेलेको वाट्फोर्डले दोस्रो हाफमा तीन गोल गर्दै अप्रत्यासित नतिजा निकालेको थियो ।

यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । तर, कोरोनाको कारण लिग स्थगित गरिएको छ ।

५. सेफिल्ड युनाइटेड ३-३ म्यानचेस्टर युनाइटेड

गत नोभेम्बरमा भएको खेलमा म्यानचेस्टर युनाइटेड र सेफिल्ड युनाइटेडले खेल ३-३ गोलको बराबरी खेलेका थिए । उक्त खेल प्रिमियर लिगको उत्कृष्ट मध्येको एक खेल हो ।

निकै रोमान्चक बनेको खेलमा २-० को अग्रता उल्टाएर युनाइटेडले बराबरी खेलेको थियो । घरेलु मैदानमा सेफिल्डले पहिलो हाफमै १-० को अग्रता बनाएको थियो ।

Enter caption

सेफिल्डका लागि जोन फ्लेक, मोसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरेका थिए । युनाइटेडका ब्राण्डडन विलियम्स, मासोन ग्रिनवुड र मार्कुस राष्फोर्डले एक एक गोल गरेका थिए ।

सुरुवातमा २-० ले अग्रता बनाएपनि अन्तिम समय सेफिल्ड ३-२ ले पछि परेको थियो । तर, ९० औं मिनेटमा ओलिभरले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याएका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

Bajaj Pulsar Motorcycle Ad
महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

सुदूरपश्चिमको सानदार जित

सुदूरपश्चिमको सानदार जित

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

अब ए डिभिजनका क्लब आन्दोलनमा

अब ए डिभिजनका क्लब आन्दोलनमा