एजेन्सी । यूएफसी लाइट वेट च्याम्पियन खबिब नुर्मगोमेदोभ र अमेरिकन खेलाडी टोनी फेर्गुसनबीच तय भएकोको बहुचर्चित भिडन्त रद्द भएको छ ।
अपराजित रहेका रसियन खेलाडी खबिब र फेर्गुसनबीचको भिडन्त अप्रिल १८ मा न्युयोर्कमा हुने तय थियो । तर, विश्वभर महामारीको रुपन फैलिएको कोरोना भाईरसको कारण दुईबीचको भिडन्त रद्द गरिएको हो ।
रुसमा रहेका खबिब लकडाउनको कारण अमेरिका भ्रमण गर्न असमर्थ हुने भएपछि खेल रद्द भएको हो ।
'यो फाइट रद्द भएको म निकै दुखी छु,' ३१ वर्षे खबिबले भनेका छन् ।
३६ वर्षे घरेलु खेलाडी फेर्गुसनविरुद्धको भिडन्तका लागि खबिबले युएईमा तयारी गरेका थिए ।
यस अघि ४ पटक दुईबीचको भिडन्त रद्द भएको थियो ।