एजेन्सी । इटालीका मोटोजीपी राइडर आन्द्रिया इयाननोनलाई १८ महिनाको प्रतिबन्ध लागेको छ ।
प्रतिबन्धित लागूऔषध प्रयोग गरेको पाईएपछि ३० वर्षे आन्द्रियालाई प्रतिबन्ध लागेको हो ।
उनले मलेसियन ग्राण्ड प्रिक्समा एनाबोलीक स्टेरियोड प्रयोग गरेको पाईएको थियो । जसको कारण उनलाई गत डिसेम्बरमा निलम्बित गरिएको थियो ।
प्रतिबन्धसँगै उनले आगामी २०२१ सम्म कुनैपनि प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।
अप्रिला राइडर मलेसियन र स्पेनिस ग्राण्ड प्रिक्समा अयोग्य ठहरिएका थिए ।
उनले अब खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा अपिल गर्न पाउने छन् ।