काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य तेज तामाङलाई पुत्री लाभ भएको छ ।
नेपाल पुलिस क्लबका मिडफिल्डर समेत रहेका तेजलाई मंगलबार पुत्री लाभ भएको हो ।
उनले बुधबार सामाजिक सञ्जालमार्फत पुत्रीलाभ भएको जानकारी गराएका छन् ।
अनुशना तामाङसँग प्रेम सम्बन्ध हुँदै तेज विवाह बन्धनमा बाधिएका थिए ।
मंगलबार जोरपाटीस्थित मेडिकल कलेजमा अनुशनाको प्राकृतिक रुपमै बच्चालाई जन्म दिएकी तेजले खेलपाटीलाई बताए ।
अहिले आमा र छोरी दुबैको स्वास्थ्य अवस्था ठिक रहेको तेजले बताए ।
‘दुबैको स्वास्थ्य स्थिती ठिक छ । अहिले घरमै रहेका छौं ।’ १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपाललाई स्वर्ण दिलाएका तेजले भने ।
एन्फा एकेडेमी ब्याजका तेजले नेपाललाई यू–१९ साफ च्याम्पियनसिप उपाधि जिताउन समेत महत्वपूर्ण भूमिका खेलेका थिए ।
२४ बर्षका तेज नेपालको यू–२३ टिम हुँदै राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गर्दै आईरहेको छन् ।