काठमाडौं । खेलकुद पोशाक निर्माण कम्पनि कन्दुका ट्रेलर्सले कोराना भाईरस संक्रमित वा आशंकितहरुको परीक्षण र उपचार गर्न स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिटभ इक्वीपमेन्ट (पीपीई) पोशाक वितरण गरेको छ ।
भक्तपुर बाल्कोटमा रहेको कन्दुकाले सोमबार आफुले उत्पादन गरेको १०० थान पीपीई विभिन्न अस्पताल र नगरपालिकालाई वितरण गरेको हो ।
कन्दुकाले उपत्यकाका ३ अस्पतालर ३ नगरपालिकालाई पीपीई वितरण गरेको हो । अन्य तीन अस्पताललाई मंगलबारसम्म पीपीई प्रदान गरिने संचालक ज्ञान बिक्रम भुसालले खेलपाटीसँग बताए ।
‘सुरुवाती दिनमा काठमाडौंका केहि हस्पिटलमा वितरण गरेका छौं । भोली भ्याली बाहिर पनि पुर्याउने छौं,’ उनले भने ।
कन्दुकाले अर्थोल्पाष्ट रिहाव सेन्टरलाई ८ थान, एभरेष्ट हस्पिटललाई ५, टोका नगरपालिकालाई १६, बुढानिलकण्ठ नगरपालिकालाई ७, नागरिक हस्पिटल १५ र बाल्कोट वडा नम्बर २ र ३ लाई १० थान पीपीई वितरण गरेको छ ।
यस्तै कुन्दुकाले बिपि कोईराला अस्पताल धरान, निदान हस्पिटल र भक्तपुरको चिल्ड्रेन आखा अस्पताललाई मंगलबार वितरण गरिने जनाएको छ ।