एजेन्सी । कोरोना भाईरसको कारण एक वर्ष स्थगित भएको टोकियो ओलम्पिक खेलकुदको नयाँ मिति तय भएको छ ।
जापानको न्युज एजेन्सी क्योदो न्युजले विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुने मिति तय भएको जनाएको छ ।
जापानले तय गरेको नयाँ मितिमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि समेत सहमत भएको बताईएको छ ।
यस अघि टोकियो ओलम्पिक जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको थियो ।
आगामी वर्ष आयोजना हुने भएपनि प्रतियोगिताको नाम 'टोकियो ओलम्पिक गेम्स २०२०' नै रहने भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट राखेको बैठकमा ओलम्पिक टर्च टोकियो पुगिसकेकोले नाम नफेर्ने सहमति बनेको थियो ।