काठमाडौं । प्रदेश नम्बर-२ सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगाउने उदेश्यसहित रौतहटको एन्फा महिला फुटबल एकेडेमीमा क्वारेन्टाइन निर्माण गरेको छ ।
भारतबाट नेपाल आएका मानिसलाई मध्येनजर गर्दै प्रदेश-२ सरकारले एन्फाको सुविधासम्पन्न भवनमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो ।
क्वारेन्टाइनमा ५८ बेड राखिएको एन्फाले जनाएको छ । हाल ३६ जनालाई एकेडेमीको क्वारेन्टाइनमा राखिएको एन्फाले जनाएको छ ।
एन्फाले यसअघि कोरोनाविरुद्ध लड्न आफ्नो भौतिक पूर्वाधारलाई क्वारेन्टाइन निर्माणका लागि अनुमति दिएको थियो ।