एजेन्सी । दक्षिण अफ्रिकाले फुटबल र क्रिकेट खेलको सम्पूर्ण गतिविधि बन्द गरेको छ ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै दक्षिण अफ्रिकाले क्रिकेट र फुटबल गतिविधि बन्द गरेको हो ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले आइतबार कोरोना भाईरसलाई राष्ट्रिय विपत्तिको रुपमा रहेको घोषणा गरेसँगै फुटबल र क्रिकेट गतिविधि बन्द गरिएको हो ।
चीनबाट फैलिएको कोरोनाको कारण दक्षिण अफ्रिकाले १ सय बढी घुलमिल हुन समेत रोक लगाएको छ ।
कोरोनाकै कारण अमेरिकी मुलुक मोरक्को र घानाले पनि सम्पूर्ण खेलकुद गतिविधि रोकेको छ ।