एजेन्सी । मोरक्को फुटबल महासंघले फुटबल सम्बन्धि सम्पुर्ण गतिविधि स्थगित गरेको जनाएको छ ।
विश्वमा महामारीको रुपमा फैलदो कोरोना भाईरसको कारण देखाउँदै मोरक्कोले अर्को सुचना जारी नभएसम्मका लागि सम्पुर्ण गतिविधिमा रोक लगाउने निर्णय गरेको हो ।
महासंघले पछिल्लो निर्णयले सबै प्रकारका फुटबल गतिविधि प्रभावित बनाउने बताएको छ ।
मोरोक्कोमा कोरोनाका १७ जना संक्रमित भेटिएपछि सो निर्णय गरिएको छ । कोरोनाकै कारण एक जनाको मृत्यु समेत भईसकेको छ ।
'महासंघले सबै प्रकारका फुटबल खेल अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।' महासंघले जारी गरेको सुचनामा उल्लेख छ ।
निर्णयसंगै ब्यवसायीक फुटबल लिगका खेल रोकिएका छन् भने एमेच्योर लिग र वुमन फुटबल लिग सहित क्षेत्रीय लिग समेत स्थगित भएको छ ।
मोरक्कोको खेलकुद मन्त्रालयले सबै खेल गतिविधि बन्द गर्ने निर्णय गरेको केही घण्टामा फुटबल महासंघले बिज्ञप्ती जारी गरेका हो ।