एजेन्सी । चीनबाट फैलिएको कोरोना भाईरसको कारण अमेरिकाको सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरिएको छ ।
कोरोनाले विश्वभर महामारीको रुप लिएपछि अमेरिकाले कम्तिमा एक महिनाको लागि सम्पूर्ण खेलकुद गतिविधि बन्द गरेको हो ।
खेलकुद गतिविधि बन्द भएसँगै अमेरिकाको मेजर लिक सकर (एमएलएस) लिग फुटबल, एनबीए, नेसनल हक्की र मेजर लिक बेसबलको खेलहरु स्थगित भएको छ ।
कोरोनाको कारण पछिल्लो समय विश्वभरका खेलकुद गतिविधि समेत प्रभावित भएको छ । ओलम्पिक, युरोकप लगायतका खेलकुदका केहि ठुला प्रतियोगिता समेत स्थगित गर्ने तयारी भईरहेको छ ।