काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट सिनियर छनोट प्रतियोगिताको फाइनलमा महावीर क्रिकेट क्लब र बालुवाटार क्रिकेट क्लबबीच प्रतिस्पर्धा गर्ने भएका छन् ।
मुलपानी क्रिकेट मैदानमा बुधबार भएको सेमिफाइनलमा जित निकाल्दै महावीर र बालुवाटारले फाइनलमा भेट पक्का गरेको हो । फाइनल बिहिबार हुनेछ ।
पहिलो सेमिफाइनलमा महावीरले न्यु भिजन क्लबलाई ७५ रनले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य पछाएको न्यु भिजन २३ ओभर ४ बलमा १ सय १४ रन बनाउँदा अल आउट भयो ।
उसका बिनम छेत्रीले सर्वाधि २३ रन बनाए । यस्तै राम चौधरले १९ तथा लोकेस रेग्मीले १८ रन बनाएपनि जित दिलाउन सकेनन् ।
न्यु भिजनलाई सस्तमा समेट्न महावीरका जितेन्द्र सिंह ठकुरीले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महावीरले २५ ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनायो । उसका जितेन्द्र सिंह ठकुरीले सर्वाधिक ७८ रनको अर्धशतकीय इनिङ्स खेले ।
खेलमा प्लेअर अफ द म्याच जितेन्द्र घोषित भए ।
दोस्रो सेमिफाइनलमा बालुवाटारले हिमालयन क्रिकेट एकेडेमीलाई १४ रनले पराजित गर्यो ।
बालुवाटारले दिएको १ सय ४९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हिमालयनले ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।