एजेन्सी । अष्ट्रेलियाका प्रशिक्षक जस्टिन लेन्गरले भारतीय पूर्व कप्तान जस्तो क्षमतावान फिनिसर अष्ट्रेलियालाई आवश्य रहेको बताएका छन् ।
दक्षिण अफ्रिकाविरुद्धको ३ एकदिवसीय सिरिजमा क्लिन स्विपको हार ब्यहोरेपछी अष्ट्रेलियाका प्रशिक्षकले यस्तो बताएका हुन् ।
अष्ट्रेलियाका मुख्य प्रशिक्षक जस्टिनले हारपछी टिममा धोनी वा माइकल बवेन जस्तो फिनिसरको आवश्यक रहेको बताएका हुन् ।
'हामी भाग्यमानी रहेछौं कि हामीसँग माइक हस्सी, माइकल बवेन जस्ता उत्कृष्ट फिनिसर थिए,' जस्टिनले भनेका छन्, 'धोनीले समय यस उचाई हाँसिल गरेका छन् । जस बट्लरले समेत यसको भूमिका (फिनिसर) राम्रोसँग निभाएका छन् ।'
'अष्ट्रेलिया टिममा यस्तै खेलाडीको जरुरी छ,' उनले थपे, 'यो स्थान (फिनिसर) सबै खेलाडीको खुला रहेको छ । अहिलेसम्म कसैले स्थान बनाउन सकेका छैनन् ।'
धोनीले गत संस्करणको विश्वकपपछी क्रिकेट खेलेका छैनन् । त्यसैले यसै वर्ष अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपमा धोनीले स्थान बनाउन आईपीएलमा सानदार प्रदर्शन गर्नु पर्ने रहेको छ ।
अष्ट्रेलियाले अब न्युजिल्याण्डसँग एकदिवसीय सिरिज खेल्नेछ ।