काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी महिला वरीयतामा नेपाली खेलाडीको वरियतामा सुधार आएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालकी सिता राना मगरको ब्याटिङ वरीयता सुधार भएको हो ।
नयाँ वरीयतामा दुई स्थान सुधार गरेकी सिता ८८ औं स्थानमा रहेकी छिन् । यस अघि सिता ९० औं वरियता रहेको थियो ।
अलराउण्डरतर्फ भने सिताको वरीयता खस्किएको छ । नेपाली राष्ट्रिय टोलीका उपकप्तान समेत रहेकी सिता एक स्थान झ्दै ६३ औं स्थानमा रहेकी छिन् ।
यस्तै नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी नेरी थापाको बलिङ वरीयतामा पनि सुधार भएको छ ।
बलिङ वरीयतामा नेरी दुई स्थान सुधार गर्दै ९५ औं स्थानमा उक्लिएकी छिन् ।
आईसीसीले सार्वजनिक गरेको महिला टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । नयाँ वरीयतामा नेपाल १४ औं स्थानमा रहेको छ ।
नेपालले घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै अन्तराष्ट्रिय खेल खेलेको छैन ।