काठमाडौं । नेपालले थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा पहिलो जित निकालेको छ ।
बैंककमा बुधबार भएको तेस्रो खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
टेर्डथाई क्रिकेट मैदानमा थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी जित हो । सर्वाधिक कम बलमा विपक्षीले दिएको लक्ष्य पुरा गर्दै नेपालले कीर्तिमानी जित निकालेको हो । यस अघि नेपालले कुवेतविरुद्ध १५ ओभर ५ बलमा ७ विकेट गुमाएर जित निकालेको थियो ।
![Image may contain: one or more people and outdoor](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.0-9/s960x960/88135935_10158071121097200_2342597960648359936_o.jpg?_nc_cat=109&_nc_sid=e007fa&_nc_ohc=EBQgl8t7x-4AX_Mq2w7&_nc_ht=scontent.fktm3-1.fna&_nc_tp=7&oh=b43d4157f68eec9c2c168c6606ed1d23&oe=5E978642)
नेपालको जितमा ओपनर कुशल मल्लले अविजित रहदै ३६ रन बनाए । यस्तै पवन सर्राफले अविजित २७ रन जोडे । ओपनर पारस खड्का भने ९ रनमा आउट भए ।
थाइल्याण्डका नोप्पोन सेनामोन्त्रीले १ विकेट लिए ।
![Image may contain: 2 people, people playing sports and outdoor](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.0-0/p640x640/89093962_10158071028772200_7740742862349795328_o.jpg?_nc_cat=111&_nc_sid=e007fa&_nc_ohc=uBNpt4izMEQAX9TmrOW&_nc_ht=scontent.fktm3-1.fna&_nc_tp=6&oh=f93d566bb3192d50ffeda690e24101a7&oe=5E967C4D)
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो ।
थाइल्याण्डका लागि हेन्नो जोर्डनले १३ रन जोडे । फिरियापोङ सुआनचुईले पनि अविजित १३ रन बनाए । यस्तै नाभिद पठानले ८ रन जोड्दा जिउल हकले ५ रन बनाए ।
नेपालका करण केसीले ३ विकेट लिए । अविनाश बोहराले २ विकेट लिंदा भुवन कार्की र सन्दीप लामिछानेले १/१ विकेट लिए ।
यस लक्ष्य टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले विपक्षीबाट पाएको सर्वाधिक कम लक्ष्य हो ।
![Image may contain: one or more people, people playing sports and outdoor](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.0-0/p640x640/87206195_10158070944357200_6722766575893479424_o.jpg?_nc_cat=100&_nc_sid=e007fa&_nc_ohc=5SynlqKgYhEAX-o-um3&_nc_ht=scontent.fktm3-1.fna&_nc_tp=6&oh=471cd4105ea84be21a20eb4ccadebadc&oe=5E808D0D)
जितसँगै नेपालले ३ खेलमा २ अंक जोडेको छ । र, नेपालले शीर्ष दुईमा रहदै एसिया कप छनोटमा पुग्ने सम्भावना कायम राखेको छ । तर, नेपालको एसिया कप छनोट आशा अन्य टिमको खेलमा भर पर्नु पर्नेछ ।
बुधबार नै हुने खेलमा हङकङले सिंगापुरलाई हराएमा नेपालको सम्भावना कायम रहनेछ । सिंगापुरले जित निकालेमा नेपाल एक खेल अगाबै बाहिरिने छ ।
![](/uploads/images/1583292704nep_vs_thailand.jpg)
नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस अघि नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको थियो ।
नेपालले अन्तिम खेलमा शुक्रबार सिंगापुरसँग खेल्नेछ ।
थाइल्याण्डको यो लगातार चौंथो हार हो । थाइल्याण्ड पुछारमा रहेको छ ।
![Image may contain: one or more people, people playing sports and outdoor](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.0-9/s960x960/89195799_10158070943372200_2617272488005992448_o.jpg?_nc_cat=102&_nc_sid=e007fa&_nc_ohc=T-KjlJLWrUMAX91SNtA&_nc_ht=scontent.fktm3-1.fna&_nc_tp=7&oh=f5035c439f34c0f6a02708df133f18b1&oe=5E9393D3)