काठमाडौं । आयोजक वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले हिमालय क्रिकेट लिग दुईदिवसीय यू-१९ क्रिकेटको उपाधि जितेको छ ।
मुलपानी क्रिकेट मैदानमा सोमबार काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसिटिसी) लाई १ विकेटले पराजित गर्दै ग्रेट हिमालयले उपाधि जितेको हो ।
केसिटिसीले दिएको १ सय १५ रनको लक्ष्य ग्रेट हिमालयले ५६ ओभर ५ बलमा ९ विकेट गुमाएर पुरा गर्यो ।
मुलपानी मैदानमा १ सय १५ रनको लक्ष्य पछाएको ग्रेट हिमालयले ५७ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । ग्रटे हिमालयका प्रशान्त सिंहले ३० बलमा २ चौका सहित १६ रनको अविजित पाली खेले ।
यस्तै आयुष बस्नेत २४, अभिषेक बस्नेत १९, संगित बुढाथोकी १६ र राशिद खान १८ रनको योगदान गरे ।
केसीटीसीका तिलक भण्डारीले ६ विकेट लिए । यस्तै सुर्य तामाङ २ र बिविन आचार्यले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको केसीटीसीले २४ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो । उसका बिवेक राना मगर १८ रनको सवाधिक इनिङ खेल्दा लखाहले १४, निर्भीक पाठक १३ र सुर्य तामाङले ११ रन बनाए ।
ग्रेट हिमालयका अरियो पौडेलले ३, मोहम्मद हुसेन, बिवेक यादव र सोनु देवकोटाले समान २/२ विकेट लिए । राशिद खानले १ विकेट हात पारे ।
उपाधिसँगै ग्रटे हिमालयले १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेता बनेको केसीटीसीले ७५ हजारमा चित्त बुझायो ।
सिरिजको उत्कृष्ट खेलाडी केसिटिसीका सुर्य तमाङ घोषित भए । उनले २५ हजार प्राप्त गरे ।
उत्कृष्ट ब्याट्सम्यान ग्रेट हिमालयका आसिफ शेख र उत्कृष्ट बलर केसिटिसीका तिलक भण्डारी घोषित भए । दुवै उत्कृष खेलाडीले समान १०/१० हजार प्राप्त गरे ।
यस्तै इमर्जिङ खेलाडी घोषित भएका ग्रेट हिमालयका आरियो पौडेलले ट्रफी र क्रिकेट सामाग्री प्राप्त गरे ।