एजेन्सी । जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशले फराकिलो जित निकालेको छ ।
सिलेटमा आइतबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई १ सय ६९ रनले पराजित गरेको हो ।
बंगलादेशले दिएको ३ सय २२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावे ३९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो ।
जिम्बावेका लागि वेस्ले माधिभिराले सर्वाधिक ३५ रन बनाए । यस्तै टिनोतोन्दा मुटोमबोड्जीले २४ रन बनाए ।
बंगलादेशमा मोहमद सैफुदिनले ३ विकेट लिए । मस्राफी मोर्टजा र हसन मिराजले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनायो ।
बंगलादेशका लागि लिटोन दासले १ सय २६ रनको शतकीय इनिङ्स खेले । यस्तै मोहमद मिथुनले ५० रन बनाउँदा ममुदउल्लाहले ३२ रन बनाए ।
जिम्बावेका क्रिस एमपुफुले २ विकेट लिए ।
जितसँगै ३ खेलको सिरिजमा बंगलादेशले १-० को अग्रता बनाएको छ ।